बाटो बनेपछि जनचेतना प्रावि पचरौता धरमनगरका बिधार्थीहरुमा उत्साह

२०८१ कार्तिक ९, शुक्रबार २१:५७

बारा ०९ कार्तिक, नूर आलम बादशाह – बाराको पचरौता नगरपालिका–७ धरमनगर स्थित जनचेतना प्राविका बिधार्थीहरुलाई स्कूल आउने जाने बाटो नहुँदा बर्षौ देखि समस्या थियो । बाटो निर्माण नहुँदा बिधार्थी तथा शिक्षकहरुलाई दैनिक आवतजावत गर्नका लागि समस्या हुने गरेको थियो । बाटो नभएकै कारण स्कूलसम्म पुग्नका लागि समस्या हुने गरेको थियो तर अब उक्त समस्याबाट बिधार्थी र शिक्षकहरु मुक्ति पाउने भएका छन् ।

कहिले बाटो बन्ला र सहज रूपले स्कूलमा आवतजावत गरौँला तर पचरौता नगर प्रमुख जलन्धर सिंहको बिशेष पहलमा नगरपालिकाले त्यहाँको बिधार्थीहरुको समस्यालाई निराकरण गर्नका लागि मुख्य रोडदेखि स्कूलसम्म सहज रूपमा पुग्ने नयाँ बाटो निर्माण गर्ने कार्य शुरु गरेको छ । बाटो निर्माण र पक्की ढलान गर्ने कार्य शुरु भएपछि बिधार्थीहरु खुशी भएका छन् ।

बाटो नभएका कारण स्कूले बिधार्थी लगायत शिक्षकहरुलाई समेत दुःखको समाना गर्नुपरेको थियो। खासगरी बर्षायाममा बिधार्थी हरुलाई स्कूलसम्म पुग्न निकै नै कठिनाईको सामना गर्नुपरेको थियो तर अब त्यो सास्तीबाट मुक्ति पाएको शिक्षकहरुको भनाइ छ। शिक्षामा बिशेष जोड़ दिईरहेका नगरप्रमुखको यस महान पहलको लागि बिधार्थी तथा शिक्षकहरुले धन्यबाद दिदैं वहाँमा एक असल अभिभावक्तव झल्कीरहेको पनि बताए।

पचरौता नगरपालिकाले १२ फिट चौडाइ र १२० फिट लम्बाइको उक्त बाटोलाई पक्की ढलान गर्ने कार्य पनि शुरू गरिएको नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले बताए । यसरी नगरपालिकाले चालेको विकास निर्माणको कार्यलाई स्थानीयवासीले सकारात्मक रुपमा चर्चाको विषय बनाएका छन् । पचरौता नगरपालिकाले थालेको विकास निर्माणको कार्यबाट अन्य पालिकाले सिक्नुपर्ने अहिलेको आवश्यक्ता देखिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार