सर्लाही – बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या भएको छ। (हिंजो) शनिबार जील्लाको महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको हत्या भएको हो।
अज्ञात समूहले धारिलो हतियार प्रहार गरि भागि सकेपछि बटुवाले देखेर प्रहरीलाई खबर आएको र त्यसपछि प्रहरी घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा अस्पतालमा लगिएको र उपचारका क्रममा उनको केहि समयमा मृत्यु भएको हो।
घटनाका बिषयमा कुनै केही खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।