सर्लाही – जनकपुरमा झन्डै साँढे दुई क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुड्वा रहेका छन्।
धनुषा प्रहरीका अनुसार उनलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले जनकपुरधाम–१४ बाबा आयल सेन्टर अगाडिबाट २२१ केजी ३८ ग्राम गाँजासहित पक्राउ गरेको हो।

उनि उक्त गाँजा राखेर ना.५ ख. १७७ नम्बरको मिनी ट्रकमा सवार भएर मकवानपुरको भीमफेदीबाट जनकपुरतर्फ आउँदै थिए। यस सम्बन्धमा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ।





