
सर्लाही – सर्लाहीमा केहि दिन देखि जंगली हात्ती देखा परेको प्रहरीले जनाएको छ। जील्लाको बागमती नगरपालिका वडा नम्बर २, ३ र ४ को सामुदायिक वनको आसपास क्षेत्रमा केहि दिन देखि जंगली हात्ती देखिएको छ।
केहि दिन देखि जंगली हात्ती देखिन थालेपछि यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासि तथा सोहि क्षेत्र भई आवत जावत गर्ने सबैलाई सतर्क रहन तथा सावधानी अपनाउन ईलाका प्रहरी कार्यालय हरिवनले आग्रह गरेको छ।