बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला

२०८१ कार्तिक १२, सोमबार ०९:३०
सांकेतिक तस्बिर

सर्लाही – बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले आत्महत्या गरेका हुन।

वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए। सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना हिरासतमै छन् । – नागरिक न्युजबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार