
सर्लाही – रौतहटबाट स्रोत नखुलेको लाखौँ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेको जील्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार उनि गएसाँझ सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा सवार भई रौतहटको गौर आउंदै थिए, सोहि क्रममा उनलाई उक्त स्थानबाट ५ सय थानको नेपाली ५ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।
उक्त रुपैयाँ उनले नाइलनको झोलामा राखेर आफूले बोकेका थिए। प्रहरीले उनको साथबाट ५ सय थानको नेपाली ५ लाख रुपैयाँ र मोटरसाईकल बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए।