
सर्लाही – सर्लाहीमा विभिन्न समयमा बरामद गरिएको १६ क्विन्टल गाँजा जलाएर नष्ट गरिएको छ। आज (सोमबार) जील्लाको सदरमुकाम मलङ्गवास्थित सर्लाही जिल्ला अदालत परिसरभित्र गाँजा नष्ट गरिएको हो।
जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत जेठदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा अदालतकै आदेश अनुसार अदालतकै परिसरभित्र जम्मा गरेर नष्ट गरिएको हो।
नष्ट गरिएको गाँजामा प्रहरीले गत जेठ २३ गते लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट सबैभन्दा बढी १६ क्विन्टल दुई किलो गाँजा बरामद गरेको थियो।