गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित गोडैता बजारमा आज (मंगलबार) साँझ एक्कासी बिद्युत प्रसारण भईरहेको तारमा आगोका झिल्काहरु उत्पन्न भएका छन्। आज साँझ करिव साँढे छ बजे भन्दापछि यस्तो भएको हो।
बिद्युत प्रसारण भईरहेको थियो, एक्कासी पोलहरुमा रहेका तारहरुमा आगोको झिल्काहरु उत्पन्न हुन् थाले, एक ठाउँबाट त्यसै गरि सुरु भएर अन्त्यमा गएर त्यस्तो रोकिएको एक प्रत्यक्षदर्सिले बताए।
यस क्षेत्रमा केहि दिन देखि बिद्युत आपूर्ति बन्द हुँदै आएको छ। प्राय कहिले दिनभर नै बिद्युत नदिने गरेको स्थानीयहरू बताउछन। अहिले पनि यहाँ बिद्युत छैन। र यो घटनाबाट त्यस्तो कुनै क्ष्यती भने भई नसकेको बताईएको छ।