
सर्लाही – सर्लाहीको गोडैता नगरपालिका, बलरा नगरपालिका र बसबरिया गाउँपालिकामा स्यालको आक्रमणबाट १३ जना घाइते भएका छन्। हिजो (मंगलबार) राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले आक्रमण गर्दा १३ जना घाइते भएका हुन्।
जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई स्यालको समूहले आक्रमण गरेको थियो। आक्रमणबाट गोडैता नगरपालिकामा ३ जना, बलरा नगरपालिकामा १ जना र बसवरिया गाउँपालिकामा ९ जना घाईते भएका छन्।
घाइतेमध्ये केहिको स्थानिय अस्पतालमा र केहिको जनकपुरमा साथै २ जनाको काठमाडौँमा उपचार भईरहेको छ भने केहि स्थानीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका छन्।