काठमाडौं – जापानमा आगामी शुक्रबारदेखि लागू हुने गरि एउटा नयाँ कानुन आएको छ। जसनुसार अबदेखि जापानमा साइकल चलाउने बेला मोबाइल चलाए ६ महिनासम्म जेल सजाय हुने भएको छ।
देशमा साइकलबाट हुने दुर्घटना बढेपछि यस्तो कानून जारि गरिएको हो। कानुन उल्लंघन गर्नेलाई एक लाख येन जरिवाना र ६ महिनासम्म जेल सजाय हुने प्रावधान ल्याइएको हो। त्यस्तै मादक पदार्थ सेवन गरेर साइकल चलाए ३ वर्ष जेल र ५ लाख येन जरिवाना तिर्नुपर्नेछ।