हङकङ सिक्सेस प्रतियोगिता: नेपालको लगातार दोस्रो जित

२०८१ कार्तिक १७, शनिबार ०८:०६

सर्लाही – हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो।

पहिलो खेलमा नेपालले इ्रग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो। हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार