सर्लाही – तिहारको मुखैमा सर्लाहीको धनकौलमा घरमा र बरहथवामा एक पसलमा आगलागी हुँदा लाखौँको क्ष्यति भएको छ।
जील्लाको धनकौल गाउँपालिका-४, मा लक्ष्मीपूजाको साँझ स्थानीय जितु रायको काठले बनेको कच्ची घरमा आगलागी भएको छ। आगलागीबाट घरमा रहेका सम्पूर्ण सामानसहित घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट अनुमानित दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, गएराती जील्लाको बरहथवा नगरपालिका-७,स्थित एक पसलमा आगलागी भएको छ। प्रहरीका अनुसार राजबिर किराना होलसेल पसलमा राति १२ बजेतिर एक्कासि आगलागी भएको हो। प्रहरी, स्थानीय र हरिवन नगरपालिकाको दमकलले आगो बिहान २ बजे नियन्त्रणमा लिइएको हो।
प्रहरी, स्थानीयको सक्रियताले आगो सोहि पसल भन्दा अन्यतिर फैलिन नपाएको र ठुलो क्ष्यती हुनबाट जोगिएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। आगलागीबाट पसल रहेको घरमा ठुलो क्ष्यती भएको छ र अहिले एकिन भई नसके बताईएको छ।