सर्लाही – सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा एक जना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जील्लाको बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय युवक रविन माझी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज (आईतबार) दिउँसो जिल्लाकै बरहथवा नगरपालिका–७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा उनको मृत्यु भएको हो। पर्खाल भत्किएर च्यापिँएका उनि गम्भीर घाईते भएका थिए।
गम्भीर घाइते माझीलाई उपचारका लागि भेनस अस्पताल बरहथवामा लगिएको र सोहि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
साथै यहि घटनामा अर्का एक युवक घाइते भएका छन्। घाइते हुनेमा सोहि गाउँपालिका–३, क्याम्प चोकका १९ वर्षीय विकास महतो रहेका छन्। घाईते भएका विकासको भने अहिले बरहथवा बजारस्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको छ।