सर्लाही – भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज (सोमबार) पनि तिहारकै बिदा दिएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदी बहिनीको हातबाट लगाइने भाइटीका लगाएसँगै तिहार सकिए पनि सरकारी कार्यालय मंगलबार मात्रै खुल्नेछन्। टीका लगाउनेहरू फर्किने भएकाले भाईटीकाको भोलिपल्ट आज बिदा दिइएको हो।
साथै, तिहार सकिएसँगै तराईका जिल्लामा छठको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ ।
बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।