भारतमा बस दुर्घटना, २२ जनाको मृत्यु

२०८१ कार्तिक १९, सोमबार १३:२९

काठमाडौं – भारतमा बस दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। सोमबार बिहान उत्तराखण्डको अल्मोडास्थित मार्चुलमा बस दुर्घटना भएको हो।

बीबीसीका अनुसार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको अल्मोडाको जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनित पालले जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन्। बस दुर्घटनाका घाइतेहरूको उद्दार स्थानीयहरूले गरिरहेका छन्।

उत्तरखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बस दुर्घटनाका घाइतेको उद्दर र राहत छिटो गर्न निर्देशन दिएका छन्। एसडीआरएफ र एनडीआरएफको टोली घटनास्थल पुगेको छ। घटनास्थलमा उद्धार तथा राहतको काम सुरू गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार