चर्चित भारतीय लोक गायिका शारदा सिन्हाको निधन

२०८१ कार्तिक २१, बुधबार ०५:५५

सर्लाही – भारतीय लोकप्रिय लोक गायिका शारदा सिन्हाको निधन भएको छ। सिन्हाको मंगलबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ७२ बर्षको उमेरमा निधन भएको हो।

सिन्हा भारतको प्रसिद्ध लोक गायिका र पद्म पुरस्कारबाट सम्मानित गायिकासमेत हुन्। छठ पर्वको चहलपहलमा शारदा सिन्हाले गाएका छठ गीत चारैतिर सुन्ने गरिन्छ। उनलाई गत महिना स्वास्थ्य बिग्रिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा आइसियुमा उपचार गराइरहेकी सिन्हाको स्वास्थ्यमा सुधार देखिएपछि प्राइभेट वार्डमा सारिएको थियो ।

तर, सोमबार साँझ अचानक स्वास्थ्य स्थिति गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो । उनका छोरा अंशुमनले सामाजिक सञ्जालमार्फत आमाको स्वास्थ्य सम्बन्धी जानकारी दिँदै आएका थिए । सङ्क्रमणका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनले भेन्टिलेटरमा राख्न परेको जानकारी दिएका थिए ।

गायिका सिन्हाका केही समय अघि मात्र आफ्ना पति गुमाएकी थिइन् । उनको पतिको निधन ब्रेन ह्यामरेजका कारण भएको थियो । यसै वर्ष उनले आफ्ना पतिसँग विवाहको ५४ औँ वर्षगाँठ मनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार