सर्लाही – नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कानुनी प्रक्रिया अनुसार टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता भएको हो। यसअघि समाजमा विकृति र अराजकता फैलाएको भन्दै प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
तर, ओली नेतृत्वको वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा भयो । यससंगै टिकटक नेपाल सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको हो। नेपालमा टिकटक दर्ता भएसँगै अब टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ ।