सर्लाही – बिना अनुमति जापान भ्रमणमा गएको विषयमा विवाद बढेपछि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
उनले आज (बुधबार) मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् । मन्त्री अधिकारीले बुधबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूमाथि भएका टिका टिप्पणीका कारण नैतिकताका आधारमा राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।
प्रदेश मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । उनी टोकियो महानगरले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन गत कार्तिक १३ मा जापान गएका थिए ।