प्रधानमन्त्री ओलीले दिए छठको शुभकामना

२०८१ कार्तिक २२, बिहीबार ०७:५७
File image

सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन् । आज छठको मुख्य दिन हो, सोहि अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गरेका हुन्।

साथै प्रधानमन्त्रि ओलीले शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताएका छन् ।

उनले लेखेका छन् – ‘सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो’, छठ पर्वको अवसरमा शुभकामनामा व्यक्त गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार