सर्लाही – पैसा लुटपाट गरेको आरोपमा प्रहरीका असई र प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा छन् ।
उनीहरुले काठमाडौंको कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो छालाको पैसा लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो (बुधबार) पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई अनुसन्धान गर्नका लागि बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको छ भने छालाको पैसा ल्याउने युवक र अर्का एक बिचौलिया भने अहिले फरार रहेको प्रहरीले जनाएको छ। उनीहरू अपराध अनुसन्धान कार्यालयअन्तर्गत प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत थिए ।