सर्लाही – सर्लाहीका एक पुरुषको महोत्तरीमा टिपरको ठक्करबाट मृत्यु भएको छ।
शुक्रबार राति महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलस्थित सडकमा ना.८ ख ३१६ नम्बरको टिपरले ना.४ त ६८२३ नम्बरको ट्याक्टरलाई ठक्कर दिंदा सर्लाही ईश्वरपुर नगरपालिका-१२ बस्ने ३५ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको हो।
दुर्घटनामा अन्य तिन जना घाईते भएका छन्। घाइतेहरुमा महोत्तरी बर्दीबास-७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर-१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर रहेका छन्।
घाईतेहरुको अहिले बर्दीबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जील्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।