इलाका प्रहरी कार्यालय हरिवनको थुनाबाटै फरार भए लागुऔषध कारोबारी, प्रहरीमाथि नै शंका

२०८१ कार्तिक २५, आईतवार ०७:१९

सर्लाही – सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त फरार भएका छन्।

शनिबार दिउँसो हिरासत कक्ष सरसफाइ गर्ने क्रममा जिल्लाकै बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया फरार भएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा प्रहरीमाथि नै आशंका गरिएको छ। घटनापश्चात इलाका प्रहरी कार्यालयका थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

फरार मुखियामाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो। उनि फरारपछि तिब्र रुपमा खोजि कार्य भईरहेको बताईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार