इलाका प्रहरी कार्यालय हरिवनको थुनाबाट भागेका मुखिया पक्राउ, ४ जना प्रहरी जिल्ला तानिए

२०८१ कार्तिक २५, आईतवार १२:४३

सर्लाही – सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट भागेका बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया पक्राउ परेका छन्।

मुखिया शनिबार दिउँसो हिरासत कक्ष सरसफाइ गर्ने क्रममा भागेका थिए। भागेको एकै दिनमा प्रहरीले मुखियालाई हरिवन नगरपालिका -६ चार्ली नयाँ बस्ती घुर्कौलीबाट पक्राउ गरेको हो।

गत कार्तिक ४ गते ६ किलो गाँजासहित पक्राउ परेका मुखियालाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखी अनुसन्धान भईरहेको थियो। उक्त घटनामा ईलाका प्रहरि कार्यालय हरिवनका प्रहरीमाथि नै शंका गरिएको छ।

यस घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालयका थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान अघि बढाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार