सर्लाही – जाजरकोटका दुई ठाउँमा गाडी दुर्घटना हुँदा २० जना घाईते भएका छन्। आज (सोमबार) बिहान ११ बजेतिर जिल्लाका नलगाड नगरपालिका–४ को बाउसे खोलामा र जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा गाडी दुर्घटना भएका हुन्।
जिल्लाकै भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ख १८९२ नम्बरको फोर्स गाडी बिहान साढे ११ बजेतिर जाजरकोट–छिन्चु सडक अन्तर्गत कुदुमा दुर्घटना भएको हो ।
दुर्घटनामा १७ जना घाईते भएको प्रहरीले जनाएको छ। उक्त गाडीमा २१ जना सवार रहेको र १७ जना घाइते भएको बताईएको छ। घाइतेको अहिले उद्वार गरेर कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
यस्तै, जिल्लाकै बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको छ।
दुर्घटनामा दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले बताएको छ । घटनाहरुका सम्बन्धमा अनुसन्धान भईरहेको जाजरकोट प्रहरीले जनाएको छ।