गुप्ताङ्गमा सुन लुकाएर काठमाडाैं आएका भारतका कनैया लाल पक्राउ

२०८१ कार्तिक २६, सोमबार २०:१०

सर्लाही – गुप्ताङ्गमा सुन लुकाएर काठमाडाैं आएका भारतीय एक जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कनैया लाललाई सोमबार काठमाडाैंबाट तीन सय ५६ ग्राम सुनसहित पक्राउ गरिएको हो। बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा कनैया लालको साथमा उक्त सुन भेटीएपछि पक्राउ गरिएको हो।

कनैया लालले उक्त सुन गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर लुकाइछिपाइ ल्याएका थिए। घटनाका विषयमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार