भक्तपुरमा मेडिकल सञ्चालन गरेर लागुऔषध बिक्री गर्ने रौतहटका साह पक्राउ

२०८१ कार्तिक २७, मंगलवार १३:४१

सर्लाही – रौतहटका एक जना पुरुष भक्तपुरमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ मा मेडिकल सञ्चालन गरेर बसेका ३६ वर्षीय राजनारायण साह रहेका छन्। उनलाई गोप्य सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सोमबार लागुऔषधसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले मेडिकल सञ्चालन गरेर लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले मेडिकलमा चेकजाँच गर्दा विभिन्न प्रकारका लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार