सवारी दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाई

२०८१ कार्तिक २७, मंगलवार १६:१४

सर्लाही – सर्लाहीमा सवारी दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाई गरिएको छ। आज (मंगलवार) जील्लाका बिभिन्न ठाउँमा चेकजाँचमा कडाई गरिएको हो। अन्य दिनमा प्राय चेकजाँच नहुने हुलाकी राजमार्ग अन्तरगत मुसैली र कोडैना बिंचमा पनि आज सावारी साधन चेकजाँचको लागि ठुलो संख्यामा प्रहरिको टोलि खटिएको छ।

बिशेष गरि यो सिमाबर्ती क्षेत्र पनि हो यसका साथै जील्ला सदरमुकाम मलंगवासंग जोडिने सडक पनि हो। यस कारण यो क्षेत्र प्राय चेकजाँच हुनुपर्नेमा कहिले काहीं मात्र प्रहरीको टोलि पुगेर चेकजाँच गर्ने गरिन्छ। सोहि चेकजाँच टोलीको कमाण्ड गरिरहेका एक जना प्रहरीका अनुसार आज सवारी दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाई गरिएको छ।

चेकजाँचका क्रममा अधिकांशले हेल्मेट नलगाएको पाईएको तथा केहिले लाईसेन्स, मोटरसाईकलको बिलबुक सम्म नबोकेको भेटिएको उनले बताए। त्यसरी हेल्मेट प्रयोग नगरेका नागरिकहरुलाई सचेतना जगाउने र मापसे गरेकाहरुलाई पनि सचेत तथा कारवाही गरिएको छ।

यस्तै, आज जील्ला ट्राफिक कार्यालय सर्लाहीले ‘अन द स्पट ट्राफिक सचेतना कार्यक्रम’ सम्पन गरेको छ। उक्त कार्यक्रममा सडक प्रयोगकर्ता सवारी चालक तथा पैदल यात्रुहरुलाई सडकमा सवारी चलाउदाँ ध्यान पुर्याउनु पर्ने ट्राफिक नियमहरु, लेन अनुशासन, सवारिको गति, सिट क्षमता, हेलमेटको प्रयोग आदिको बारेमा जानकारी गराइ सडकमा हिड्दा, बाटो काट्दा ध्यान दिनुपर्ने कुराहरु, जेब्रा क्रसिङ्को प्रयोग, सडक पेटि नभएको सडकमा पैदल यात्रुले दाहिने साइडको प्रयोग गर्ने लगाएतका बारेमा जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार