गोडैतामा स्वास्थ्यतर्फ संचालित कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने समिक्षा गोष्टि सुरु

२०८१ कार्तिक २८, बुधबार १७:३०

सर्लाही – सर्लाहीको पश्चिमी भेगस्थित गोडैता नगरपालिकामा स्वास्थ्यतर्फ संचालित कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने समिक्षा गोष्टि आज (बुधबार) बाट सुरु भएको छ। आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच स्वास्थ्यतर्फ संचालित कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने समिक्षा गोष्टि सुरु भएको हो।

गोडैता नगरपालिकाको आयोजना र युएनएफ पीए, आस्माना नेपालको आर्थिक सहयोगमा उक्त गोष्टि आजबाट सुरु भएको हो। गोष्टिमा नगरपालिका भित्र रहेका १३ वटा स्वास्थ्य चौकीहरुले बितेका बर्षमा के, कस्ता, कसरि सेवाहरु दिए, स्वास्थ्य चौकीको अवस्था के कस्तो छ ? र आउँदो बर्ष, आगामी दिनहरुमा कसरि सेवा दिने भन्ने बिषयमा छलफल गरिनेछ।

गोष्टीको आज पहिलो दिन ‘गोष्टीको उद्देश्य’सहित स्वास्थ्य शाखा गोडैताले प्रकाशन गरेको ‘बार्षिक प्रतिवेदन’ पुस्तकको बिमोचन गरिएको थियो। उक्त पुस्तकको बिमोचन गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवले गरेका हुन्। साथै, आज नगरपालिका भित्र रहेका चार वटा स्वास्थ्य चौकीहरुको बार्षिक समिक्षा गरिएको छ।

भोलि गोष्टीको दोश्रो दिन बार्षिक समिक्षा गर्न बाँकी रहेका स्वास्थ्य चौकीहरुको समिक्षा गरिनेलगायतका कार्यक्रमहरु गरिने स्वास्थ्य शाखा गोडैताका प्रमुख प्रमोद पण्डितले जानकारी दिए। कार्यक्रममा नगरप्रमुख देबेन्द्र यादव, उपप्रमुख अञ्जना कुशवाहा, नगरपालिका भित्रका वडा पालिकाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितलगायत सरोकारवालाहरुको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार