सर्लाहीमा १० केजी गाँजासहित दुई जना पक्राउ

२०८१ कार्तिक २८, बुधबार २०:४०

सर्लाही – सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीको टोलीले जील्लाको बरहथवा नगरपालिका-१६, गँगापुर स्थित नहरको चौबाटोबाट करिव १० केजी गाँजासहित दुई जनालाई नियन्त्रण लिएको हो।

प्रहरीका अनुसार उनीहरु मोटरसाईकलमा सवार भएर मुर्तियाबाट वैरिया टोलतर्फ जादै थिए। सोहि क्रममा प्रहरीलाई देखेपछे मोटरसाईकल मोडेर भागेका थिए, भागेका उनीहरुलाई प्रहरीले पिछा गर्दै समातेर चेकजाँच गर्दा उनीहरुको साथमा १० केजी गाँजा भेटिएपछि पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको फोटो भने सामाजिक संजालमा सार्वजनिक गरेको छ भने नाम र मोटरसाईकलको नम्बर भने खुलाएको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार