मलंगवा – यातायात ब्यबस्था कार्यालय मलंगवाका अधिकांश कर्मचारी कार्यक्षमै मोबाईल चलाउनमै व्यस्त देखिन्छ। सेवाग्राही कोठाभित्र प्रवेश गर्न नपाउने र झयालबाटै काम गर्ने गरिन्छ।
भिडियो:
त्यस्तो अवस्थामा सेवाग्राही झ्यालबाट कर्मचारीलाई बोलाउछन तर ति कर्मचारीहरु मोबाइलमा मस्त तरिकाले कहिले फेसबुक त कहिले टिकटक भिडियोहरु हेरिरहेका हुन्छन र कतिबेला फोन गर्ना मै ब्यस्त हुन्छन। कर्मचारीको अवस्था त्यस्तो देखेर सेवाग्राही रिसाएपछि उनीहरु झन् रिसले आगो हुन्छन।
कर्मचारीहरुले सेवाग्राहीसंग नम्र र मुस्कानसहित बोल्नु पर्छ तर यो कार्यालयमा यदी कामले गईयो भने त्यहाँ कुनै अन्यन्त्र आएको महसुस हुन्छ किनभने कर्मचारीहरु कर्मचारी जस्ता हुदैनन् र उनीहरुको बोलि, ब्यबहार पनि त्यस्तो हुदैन। न सरकारी पोशाक हुन्छ न त् आफ्नो परिचय पत्र नै झुण्डाएका हुन्छन।
यस्ता गुनासोहरु कार्यालय प्रमुख राकेश यादव कहाँ गरियो भने उनले आफ्नै कर्मचारीहरुको गल्तिलाई सच्याउन सचेत गराउनुको सट्टा उल्टै ति कार्यक्षमा बसेर मोबाइल चलाउने कर्मचारीहरुको साथ् दिन्छन।
प्रमाण चाईयो म कारवाही गर्छु भनेका यादवले कर्मचारीहरु कार्यालयमा आफ्नो कार्यक्षमा बसेर मोबाईल चलाईरहेको भिडियो देखाईदिएपछि उनले बिभिन्न बहाना बाजी गर्दै कर्मचारीको गल्ति लुकाउन खोजे।