सर्लाही – २२ किलो चरेससहित बाराको सिम्रौनगढका दुईसहित तीन जना पर्साबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन्।
उनीहरुलाई पर्सा प्रहरीको टोलीले बुधबार साँझ वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१५ भिष्वा होटल नजिकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न विशेष सूचनाका आधारमा टोलि खटाईएको थियो।
प्रहरीले उनीहरुको साथबाट साढे २२ किलो लागु औषध चरेस बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।