दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु, मृतक सबैको सनाखत (नामसहित)

२०८१ कार्तिक ३०, शुक्रबार ०९:२४

सर्लाही – दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना भारतीय नागरिकसहित आठ जना रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्।

त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ।

दुर्घटनामा परेर एक जना भारतीय नागरिकका साथै जीप चालकसहित ६ जना घाईते भएका छन्। घाईतेको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बताईएको छ।

आज (शुक्रबार) बिहान तिर्थालु सवार मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको हो। दिप सडकबाट तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार