सर्लाही – मिथिला क्षेत्रमा ११ दिनसम्म मनाईने सामाचखेवा पर्व आज समापन हुँदै छ। दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने यो पर्व कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएर पूर्णिमामा समापन गरिने परम्परा छ ।
पर्व समापन गरिँदा मिथिलानीले सामा खेलमा प्रयोग गर्ने सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चखेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाइ जोतिएको खेत वा निर्जन वनमा गाड्ने चलन छ ।
पर्व समापनमा अवसरमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै मीठा परिकार खान दिन्छन् । यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिन्छन् ।