सर्लाही – ७८ हजार घुससहित पक्राउ परेका बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह विरुद्ध मुद्धा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहले सेवाग्राहीसँग विल भुक्तानी बापत ७८ हजार घुस रकम लिइसकेको अवस्थामा गत कार्तिक ८ गते कलैया उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा साहले सो रकम लिएको लिएको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सोहि रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।
सम्बन्धित खबर :
– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह ७८ हजार घुससहित पक्राउ