सर्लाही – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ ।
पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ बढेर आएको छ । सोहि अनुसार निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । निगम सञ्चालक समितिले भने डिजेल र मट्टितेलको मूल्य मात्रै बढाएको हो ।