कमला नदीमा नुहाउँने क्रममा बेपत्ता भएका ३ जनै बालकको शव फेला

२०८१ मंसिर २, आईतवार १८:०६
file image

सर्लाही – सिरहामा कमला नदीमा नुहाउने क्रममा फरक फरक ठाउँबाट बेपत्ता भएका ३ बालकको शव भेटिएको छ। गत शुक्रबार जील्लाको कमला नदीमा फरक फरक ठाउँमा नुहाउने क्रममा तीन जना बालक बेपत्ता भएका थिए।

जील्लाको सिरहा नगरपालिका-१५ बुधौराका १४ वर्षीय अभिषेक यादव बसविट्टाबाट, मिर्चैया नगरपालिका-५ का र १५ वर्षीय लक्ष्मण कुमार साह र सोहि ठाउँका १६ वर्षीय रोशन मण्डल कर्जन्हा नगरपालिका-१ उत्तरवाहिनीबाट गत शुक्रबार (कात्तिक शुक्ल पूर्णिमामा) एकै दिन कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता मध्येमा रोशनको शव त्यहि दिन (शुक्रबार) फेला परेको थियो भने अन्य दुई जना बालकको शव आज (आइतबार) फेला परेको प्रहरीले जनाएको छ। आज शव फेला परेका दुई जना बालकहरुको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार