सर्लाही – नक्कली फेसबूक आइडी बनाएर सिंगापुरे लाहुरे हुँ भन्दै बिहेको प्रलोभन देखाएर एक जना युवतीलाई लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौं चन्द्रागिरी बस्दै आएका रुद्रबहादुर तामाङ रहेका छन्।
फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिएर आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै प्रलोभन देखाएर २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरीको हाईभिजन कोलोनीबाट पक्राउ गरेको हो।
केटीहरुलाई विश्वास दिलाउनका लागि बिभिन्न कागजातहरु पठाउने तथा बाँकी कागजातहरु बनाउन पैसा लाग्ने भन्दै पटक पटक गरि उनले उक्त पैसा मागेको खुलेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।