सर्लाही – आज देशभर सार्वजनिक बिदा दिइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने निर्णयसहित आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समावेदना व्यक्त गरेको छ । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ।
ढुङ्गानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।