भारतको केरलमा एम्बुलेन्सको बाटो रोकेको कसुरमा अढाइ लाख भारु जरिवाना, चालक अनुमतिपत्र रद्द

२०८१ मंसिर ३, सोमबार १०:४५

नयाँ दिल्ली, एजेन्सी – भारतको केरलमा एम्बुलेन्सको बाटो रोकेको कसुरमा एक व्यक्तिलाई अढाइ लाख भारु जरिवाना गरिएको छ। साथै ति व्यक्तिको चालक अनुमतिपत्र रद्द गरिएको छ।

देशको केरल राज्यको त्रिशूरका ति व्यक्तिले बिरामी बोकेको एम्बुलेन्सले साइरन बजाउँदै ‘ओभरटेक’ को प्रयास गर्दा पनि बारम्बार अटेर गर्दै एम्बुलेन्सलाई अवरोध गरेको आरोपमा सो कारबाही भएको हो । उनि कारमा सवार रहेको बताईएको छ।

घटना ७ नोभेम्बरका दिन चलाकुडीमा भएको थियो । उक्त घटनालाई एम्बुलेन्स चालकले आफ्नो ‘ड्यास क्याम’बाट रेकर्ड गरेका थिए । उक्त फुटेज सार्वजनिक भएपछि ती कार चालकमाथि ‘एक्सन’ लिइएको हो ।

करिब दुई मिनेट लामो फुटेजमा एम्बुलेन्सले साइरन र हर्न बजाउँदै कार चालकसँग ‘ओभरटेक’का लागि पहल गरेको देखिन्छ । तर कार चालकले एम्बुलेन्सलाई बाटो छाड्नुको साटो आफ्नै सुरमा कार अघि बढाइरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार