गोडैता – सर्लाहीमा खाना पकाउने क्रममा आगोले पोलेर आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन।
जील्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोलमा खाना पकाउने क्रममा आगोले पोलेर स्थानिय ३८ बर्षिया नैमुन खातुनको मृत्यु भएको हो भने उनकी १९ वर्षकी छोरी आशो खातुन घाइते भएकी छिन। गत कार्तिक २५ गते बिहान खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा उनीहरु आमा-छोरी घाइते भएका थिए।
उनीहरुको स्थानीय अस्पतालहरुमा सामान्य उपचार पश्चात पछिल्लो समय चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको थियो सोहि क्रममा आज (सोमबार) नैमुनको मृत्यु भएको हो। जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घाइते ओशो भने उपचारपश्चात घर फर्किसकेकी छिन। घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाईएको छ।