आज साँझ ५ देखि ६ बजेसम्म उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन हुने

२०८१ मंसिर ४, मंगलवार ०९:२५

सर्लाही – निर्वाचन कार्यतालिका अनुसार स्थानीय तह उपनिर्वाचन अन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ।

कार्यतालिका अनुसार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने छ। भोलि बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ।

दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ भने मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार