सप्तरीमा १७ क्विन्टल गाँजासहित एक जना पक्राउ

२०८१ मंसिर ४, मंगलवार ११:५६

सर्लाही – सप्तरीमा १७ क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-३ का ३३ वर्षीय यमजित राई रहेका छन्।

राईलाई प्रहरीले गएराति पक्राउ गरेको हो। राईले टिपरमा बालुवा र गिट्टी राखेर सोहि बालुवा र गिट्टी भित्र १७ क्विन्टल ३६ किलो गाँजा राखेर राजगढ गाउँपालिका-४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ जाँदै थिए।

सोहि क्रममा प्रहरीले उक्त टिपर चेकजाँच गर्ने क्रममा ५६ बोरामा लुकाई राखेको १७ क्विन्टल ३६ किलो गाँजा भेटिएपछि उनलाई पक्राउ गरिएको हो। राई उक्त टिपरको चालक रहेको खुलेको र उनलाई म्याद थपको लागि आज अदालत पेश गरिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार