बिल बिजक शङ्कास्पद देखिएपछि १९ लाखको लसुन सहितको ट्रक प्रहरीद्वारा भन्सारमा बुझाईएयो

२०८१ मंसिर ५, बुधबार १०:३५
File image

सर्लाही – सर्लाही प्रहरीले बिल बिजक शङ्कास्पद देखिएपछि १९ लाखको लसुन सहितको ट्रक नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो (मंगलबार) जिल्लाको बह्मपुरी गाउँपालिका–५, सखुअवाबाट उक्त परिमाणको लसुन सहित ट्रक नियन्त्रणमा लीइएको हो।

पश्चिम भेल्हीबाट पूर्व सखुअवाटोल हुँदै नेपाल भारत सिमा दशगजा तर्फ जाँदै गरेको प्रदेश ०२–०४–००१ ख ००६९ नम्बरको ट्रक रोकेर चेक जाँच गर्ने क्रममा बिल बिजक शङ्कास्पद देखिएको बताईएको छ।

प्रहरीले उक्त ट्रक, ट्रकका चालक र बरामद भएको करिव ९.५ टन लसुन आवश्यक कारवाहीको मलंगवास्थित जील्ला भन्सार कार्यालयमा बुझाएको तथा यस सम्बन्धमा अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार