सर्लाही – रौतहटमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जील्लाको गौर नगरपालिका-१ का ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाल रहेको रौतहट प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई मंगलबार साँझ गौर नगरपालिका-१ स्थित राईसल मिलको पूर्व-दक्षिण बाटोबाट पक्राउ गरिएको हो। पैदल यात्रा गरिरहेका उनको गतिबिधि शंकास्पद देखेपछि प्रहरीले उनीमाथि चेकजाँच गरेको थियो।
सोहि क्रममा उनको साथमा ५०० दरका २०० थान र एक हजार दरका ५०० थान नोट फेला परेको र उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट स्रोत नखुलेको ६ लाख रुपैयाँ र एउटा स्क्रिनटच मोबाइल बरामद गरेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।