सर्लाहीको बागमतीमा तेल बोक्ने टयाङ्कर दुर्घटना

२०८१ मंसिर ६, बिहीबार १०:४५

सर्लाही – सर्लाहीमा तेल बोक्ने टयाङ्कर दुर्घटना भएको छ। बुधबार पूर्व पश्चिम राजमार्ग स्थित बागमती नगरपालिका–२, पुरोनो चौकीमा प्रदेश १–०२–००१ ख ८८८७ नम्बरको टयाङ्कर अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा टयाङ्करमा सवार दुई जना बालक घाईते भएका छन्। घाइते हुनेहरुमा जिल्लाकै बागमती नगरपालिका–४, बस्ने हेम बहादुर मगरका छोरा १४ वर्षका प्रितम मगर र सोही स्थानका कुमार कार्कीका १४ वर्षका छोरा प्रेम कार्की रहेका छन्।

घाइते बालकहरुमध्ये प्रितमलाई स्थानिय अस्तपतालामा सामान्य उपचारपछि बिरगंज रिफर गरिएको छ भने प्रेमको स्थानीय अस्पतालमा उपचार भईरहेको बताईएको छ। टयाङ्कर र टयाङ्करका चालक बाराको सिमरा उपमहानगर पालिका–२२, वस्ने ३२ वर्षका पञ्चलाल रुम्बालाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार