सर्लाही – कास्की र मनाङको सिमानमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
केन्द्रका अनुसार आज (बिहिबार) बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर भुकम्प गएको हो। यो परकम्प नभई नयाँ भूकम्प भएको दाबि गरिएको छ।