पाकिस्तानमा बन्दुकधारीद्वारा बसमा आक्रमण, ४१ जनाको मृत्यु

२०८१ मंसिर ७, शुक्रबार १०:१४

सर्लाही – पाकिस्तानमा बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।

बिहीबार खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा बन्दुकधारीले करिब दुई सय यात्रु सवार बसमा आक्रमण गरेका थिए । आक्रमणमा महिला र बालबालिका पनि मारिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार