आईपीटीपीमा सहभागी हुन् आज कम्बोडिया जाँदै सभामुख घिमिरे

२०८१ मंसिर ७, शुक्रबार १०:५५

सर्लाही – सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार