गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित रामनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादवलाई स्वागत गरिएको छ। आज (आईतबार) पालिकाका अध्यक्ष राजाबाबु यादवले प्रमुख प्रशासकीय अधिकृत यादवलाई टिका र माला लगाई पालिकामा स्वागत गरेका हुन्।
अधिकृत यादव यसघि पनि रामनगर गाउँपालिककै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका अधिकृत हुन्। उनलाई मन्त्रालयले गत असोजमा रामनगर गाउँपालिकाबाट सरुवा गरेर उक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिपेन्द्र प्रसाद यादवलाई पठाएको थियो।
दिपेन्द्रले आँफू पालिकामा पहिलो पटक रहेकोले कामकाजमा असहजता भएको भन्दै सरुवा माग गरे अनुसार उनको ठाउँमा मन्त्रालयले पुन: पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्णलाई पठाएको हो।
कार्यालयमा स्वागत संगै प्रमुख प्रशासकीय अधिकृत कृष्णले काज सम्हालेका छन। सबै जना मिलेर पालिकालाई जील्लाकै नमुना पालिकाको रुपमा चिनाउनु पर्ने उनीहरु बताउछन्।