सर्लाहीमा २८ लाख बढीको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

२०८१ मंसिर १०, सोमबार ०९:१२

सर्लाही – सर्लाहीमा २८ लाख बढीको सामानसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आईतबार नवलपुरबाट मलङ्गवा तर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ क ००४३ नम्बरको ट्रक नवलपुर–मलङगवा सडक खण्ड अन्तरगत हरिपुर नगरपालिकाको हरैयामा चेकजाँच गर्ने क्रममा बिल बिजक शङ्कास्पद देखिएपछि उक्त ट्रक र ट्रकमा रहेको सामान नियन्त्रणमा लिएइएको हो।

नियन्त्रणमा लिएको ट्रक र सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार